दिनेश रैदास
दाङ, १७ बैशाख । डिभिजन वन कार्यालय लमही दाङको आयोजनामा कालाकाटे सव-डिभिजन वन कार्यालय अन्तर्गत १२ वटा समुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई एक दिने अनुशिक्षण कार्यक्रम शनिबार मलमलामा सम्पन्न भएको छ।
समुदायिक वन उपभोक्ता समुहको विधान तथा कार्य योजना कार्यान्वयन सम्बन्धी डिभिजन वन लमही दाङ्गका प्रमुख राजु क्षेत्रीले समुदायिक वनको नियमावली, वन एन र कार्य योजना कार्यान्वयन सम्बन्धी विविध पक्षमा प्रशिक्षण दिनु भएको थियो।
त्यसैगरी डिभिजन वन कार्यालय लमही दाङ्गका सहायक वन अधिकृत टेकन आचार्यले वन सम्बन्धन प्रणाली र वन संरक्षक सम्वन्धी प्रशिक्षण गर्नु भएको थियो। सब डिभिजन वन कार्यालय कालाकाटेका रेन्जर भानुभक्त बस्यालको सहजीकरणमा सब डिभिजन वन कार्यालय कालाकाटे अन्तर्गतका जनसेवा, बाग्दुला दमार, जनप्रिय, सूर्य, जनशक्ति, कुलापानी, जागृति महिला, बनसत्ती, लखपति, शान्ति, महादेव, चिमचिमे हर्याली समुदायिक वन उपभोक्ता समुहहरुका ३३ जना पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
