निराजन सेर्पाइली । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर – ८ चुन्वाङमा रहेको कुचिवाङ खोला लघु जलविद्युत सञ्चालनमा समस्या आएको छ ।
विद्युतको नहरमा केही व्यक्तिहरुले अटेरी गरि पानी भाँचेर घट्ट चलाउने , भिमलको पाठ भिजाउने कार्ने गरेकाले विद्युत सञ्चालनमा समस्या हेनेगरेको कुचिवाङ खोला लघु जलविद्युत उपभोक्ता समितिले बताएको छ ।
अहिले विद्युत सञ्चालनमा अबरोध आउन थालेपछि बिरामीलाई अक्सिजन लगाएको समयमा र गाउँ घरमा कार्यक्रम तथा बिहे भोजहरुमा जुनसुकै बेला पनि सबैको पहिलो आवश्यक बत्ती हुने र बत्ती सञ्चालन गर्नको लागि पानीको निरन्तरता को आवश्यक रहने भन्दै सबै स्थानीय बासिहरुमा विद्युतको नहरमा अबरोध नगर्न सबैमा अपिल गरिएको छ ।
विद्युतले वेला वेलामा विभिन्न सुचना मार्फत सबैलाई जानकारी गराउँदा पनि अटेरी गरेको भन्दै अब अटेरी गर्ने जो कोहिलाई पनि कार्बाही गर्ने कुचिवाङ खोला लघु जलविद्युत उपभोक्ता समितिले बताएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
