• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स




दाङ / दाङको राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स भित्राएको छ । किसानहरुले उत्पादन गरेको तरकारीलाई सहज तरिकाले खरिद गर्न राप्ती तरकारी संकलन तथा बिक्री केन्द्र समेत स्थापना गरि पालिकाले जिल्लामा पहिलो पटक कृषि एम्बुलेन्स भित्राएको हो ।

कृषिको माध्यमबाट गाउँपालिकालाई आर्थिक क्षेत्रमा मजबुद बनाउन तथा कृषकहरुले उत्पादन गरेको तरकारी सहज तरिकाले किसानलाई घाटा नहुने गरि राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी नयाँबजारमा तरकारी संकलन केन्द्र स्थापना गर्नुका साथै कृषि एम्बुलेन्स भित्राएको हो ।  तरकारी संकलन तथा बिक्री केन्द्रले कृषकहरु समेत खुसी भएका छन् । विहानै २÷३ बजे उठेर बजार–बजारमा तरकारी घुमाउनु पर्ने र लगानी अनुसारको आम्दानी नहुने समस्या हुँदै आएकोमा तरकारी संकलन केन्द्र स्थापना र कृषि एम्बुलेन्सले किसानहरुलाई राहत मिलेको उनीहरुको भनाई छ ।

बजार पेटीमा राखेर तरकारी बिक्री गर्दै आएका किसानहरुको तरकारी पालिकाले खरिद गरि नजिकको बजारमा र आवश्यताका आधारमा बाहिर जिल्ला पठाउने कार्यले साना तथा ठुला किसानलाई फाइदा हुनुका साथै बजार मुल्य समेत स्थीर रहने राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिएका छन् । त्यस्तै उनले तरकारी संकलन तथा बिक्री केन्द्रको माध्यमले उत्पादनमा आधारित कृषि अनुदानमा समेत जोड्न सक्ने प्रमुख पौडेलले बताए ।

राप्ती गाउँपालिकामा तरकारी संकलन तथा बिक्री केन्द्र नहुँदा किसानहरुलाई बजारीकरणमा समस्या हुने गरेको जनगुनासोका आधारमा पालिकाले तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गर्नुका साथै कृषि एम्बुलेन्स खरिद गरेको कृषि विका शाखाकी प्रमुख सिमा भट्टले बताइन् । राप्ती गाउँपालिकाले जग्गादाता बिर्खबहादुर महरा सँग १५ वर्षका लागि लिजमा लिएको जग्गामा तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।

८ लाख ५५ हजार ६ सय ७९ रूपैयाँ र स्वान संस्थाबाट २ लाख ६० हजार गरि कुल ११ लाख १५ हजार ६ सय ७९ रुपैयाँको लागतमा तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । भने लुम्बिनी प्रदेशको १५ लाख र राप्ती गाउँपालिकाको ८ लाख ३० हजार गरि कुल २३ लाख ३० हजार रुपैयाँको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको छ । १२ हजार देखि १५ हजार केजी सम्म दैनिक तरकारी संकलन गर्न सकिने क्षमता रहेको बताइएको छ । कृषकहरुलाई कृषिबाट आत्मनिर्भर बनाउन किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीक बन्न आग्रह गरेका छन् ।

साँचिकै राप्ती गाउँपालिकाले जस्तै देशभरिका सवै पालिकाहरुले र प्रदेश  तथा संघिय सरकारले समेत कृषि क्षेत्रको विकास र किसानहरुलाई प्रोत्साहन गर्न तरकारी बिक्री तथा संकलन केन्द्र, कृषि एम्बुलेन्स र समय समय सुपथ मुल्यमा मल बिउ र परामर्श दिन सक्ने हो भने अवश्य पनि कृषि क्षेत्रबाटै देशको अर्थतन्त्रमा सुधार आउने र देश आर्थिक रुपले बजबुद हुने देखिन्छ ।

 

Facebook Comments