• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बृहत् पूर्वी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवको आयव्यय सार्वजनिक




निराजन सिर्पाली । बृहत् पूर्वी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेडिङ सेन्टर रुकुम पूर्वको आयोजनामा सम्पन्न महोत्सवको आयव्यय सार्वजनिक गरिएको हो ।

शुक्रबार बिएलबि होटेलमा पत्रकार सम्मेलन गदै उक्त आयव्यय सार्वजनिक गरीएको हो । जसमा आयतर्फ प्रायोजनबाट २ लाख ५० हजार स्टिलबाट ५ लाख टिकटबाट २० लाख गरेर टोटल २७ लाख ५० हजार आयतर्फ भएको आयोजकले बताएको छ । त्यस्तै व्ययतर्फ कलाकार खर्चमा १२ लाख ५० हजार यातायातमा १ लाख ८० हजार टेन्ट हाउसमा ४ लाख साउन्ड सिस्टममा ५ लाख मिडिया क्षेत्रमा ८० हजार स्टेसनरी खर्चमा ७० हजार होटेल खर्चमा २ लाख गरेर टोटल जम्मा खर्च २६ लाख ८० हजार भएको बताईएको छ ।

सबै खर्च कटाएर ७० हजार बचत भएको र यसबाटै रुक्मिणि माविलाई सहयोग स्वरुप ३० हजार ५ सय दिदाँ अब आयोजकसंग जम्मा टोटल रकम ३८ हजार पाँच सय संस्थाको नाममा रहने आयोजकले जानकारी दिएको छ । साथै आयोजकले सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट र व्यक्तिगत तर्फबाटसहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिदैं आभार प्रकट पनि व्यक्त गरेको छ ।

धेरै आरोह तथा अवरोहका बावजुत पनि छोटो समयमा भव्य सफलताका साथ महोत्सव सम्पन्न भएको आयोजकको दावी रहेको छ । आफुहरुको पनि केहि कमि कमजोरि अवश्य भएको र स्थानीय मौलिक कला संस्कृति लगाएत धेरै कुरा छुटेको पनि आयोजकको निष्कर्ष रहेको छ ।

विशेष गरि सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय रुक्मिणि माध्यमिक बिद्यालय, व्यापारी सुरक्षाकर्मी मिडियाकर्मि लगाएत महत्त्वपूर्ण व्यक्तित्वहरुबाट ठुलो साथसहयोग मिलेको भन्दै सबैप्रति आयोजकले आभारी तथा धन्यवाद व्यक्त गरेको छ ।

२०७९ चैत ३० गतेबाट २०८० बैशाख ११ गतेसम्म लागेको महोत्सवमा करिव २० हजार दर्शकहरुको उपस्थित रहेको मा २०८० बैशाख ६ गते भने सरसफाइ तथा विभिन्न कारणहरु देखाउदै आयोजकले महोत्सव बन्द गराएको थियो । महोत्सवमा महानायक राजेस हमाल नायीका रेखा थापा गायक अर्जुन सापकोटा पुष्कर शर्मा, गायिका ज्योति मगर, टीका सानू सान्ति श्री परियार लगाएतका बहुचर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । आगामी दिनहरुमा पनि लोक दोहोरि नृत्य र गायन क्षेत्रमा निरन्तरता दिइनुका साथै आगामि दिनहरुमा यस्ता किसिमका महोत्सवको आयोजना गर्ने आयोजकले बताएको छ

Facebook Comments