• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा पहिलो पटक उत्कृष्ट पाठकलाई सम्मान




घोराही / पुस्तक दिवसको अवसर पारेर उत्कृष्ट बर्ष पाठक घोषणा गरिएका दाङका दुईजना अध्यताहरुलाई सम्मान गरिएको छ । घोराहीको सर्वोदय पुस्तकालयमा एक शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरि दुई जना अध्यताहरु प्रहरी निरिक्षक तथा लेखक राम बहादुर जी.सी. र पत्रकार गोबिन्द खड्कालाई सम्मान गरिएको हो ।

अध्ययन समूह दाङ र मेधावी कन्सर्न घोराहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सर्वोदय पुस्तकालयका अध्यक्ष तथा लेखक सुशील गौतमले आफूलाई आलोचनात्मक बनाउन र बिचललनहरुबाट जोगाउन पुस्तक अध्ययनले नै सघाएको चर्चा गर्दै आज यति छिट्टै राजनीतिक सामाजिक क्षेत्रमा विचलन र संकट आउनुको कारण अध्ययन संस्कृतिमा आएको ह्रास जिम्मेवार रहेको पनि बताउनुभयो ! कार्यक्रममा सम्मानित व्यक्तिहरु राम बहादुर जी.सी. र गोबिन्द खड्काले अध्ययन सम्बन्धि आ-आफ्ना अनुभवहरु सुनाउनुभएको थियो भने विपिन आचार्य, बिनोद के.सी., सशांक पोख्रेल, राजनीतिकर्मी, गणेश आचार्य र राम बहादुर जि.एम.ले पठन संस्कृति सम्बन्धि आफ्ना अनुभवहरुसहित सम्मानित व्यक्तिहरुलाई वधाई मन्तव्य राख्नुभएको थियो ।

मेधावी कन्सर्न घोराहीका संचालक, प्रकाशक तथा साहित्यकार सुर्य विसीले सहजीकरण गर्नुभएको कार्यक्रम अध्ययन समूहका प्रमोद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments