• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ




लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरू धन बहादुर मास्की, सन्तोष पाण्डे, धर्म बहादुर चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।  मास्की माओवादी केन्द्र , पाण्डे जसपा, चौधरी नागरिक उन्मुक्ति पाटीमा सांसद हुन्।

चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले नेता लिला गिरी नेतृत्वको यसअघिको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १-१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

Facebook Comments