घोराही / एनएमबि बैंकका ग्राहकले नेशनल प्याथ ल्यावबाट सेवा तथा परामर्श लिदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। नशनल प्याथ ल्यावबाट सेवा लिदा १ बर्षको अवधि अर्थात २०८०/०१/०१ बाट २०८०/१२/३० सम्म यो छुट पाउने नेशनल प्याथ ल्यावका संचालक बिरेन्द्र कुमार आचार्यले जानकारी दिनुभयो ।
एनएमबी बैंक घोराही शाखाका शाखा प्रबन्धक बालकृष्ण पराजुली र नेशनल प्याथ ल्यावका संचालक बिरेन्द्र कुमार आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्दै एनएमबी बैंकमा खाता खोल्ने ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको शाखाका प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । बैशाख १ गतेबाट एनएमबि बैंकमा खाता खोलेका ग्राहकले सो अवशर पाउने बताइएको छ ।
नँया बर्षको २०८०को अवशरमा घोराहीमा खुलेको नँया शाखा एनएमबि बैंकले यो ब्यबस्था गरेको बैंकले बताएको छ । साथै बैंकले यो अवधिमा एनएमबि बैंकमा खाता खोलेर नेशनल ल्यावबाट सेवा लिने अवशर प्राप्त गर्न पनि अनुरोध गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
