दाङ, १३ बैशाख । बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार बंगलाचुली कप प्रतियोगिताको तयारी पूरा भएको छ ।
उक्त प्रतियोगिता बिहीबार ठिक ११ बजे बंगलाचुली गाउँपाकिकाको प्राङ्गणमा सूचना तथा सन्चार मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले सिस्ने अनलाइन जानकारी दिनुभएको छ ।
पहाडी क्षेत्रमा पनि खेलकुद गतिविधिको विकास गर्ने र खेलाडी उत्पादन गर्ने उदेश्यले सो प्रतियोगिता हुँदैछ ।
उक्त प्रतियोगितामा क्रीकेट ,भलिबल र बुद्धिचाल प्रतियोगिता हुने पालिकाको उपाध्यक्ष भक्त बहादुर जिसीले जानकारी दिनुभयो ।
क्रीकेट प्रतियोगितामा चार टिम , भलिबल प्रतियोगितामा ६ टिम र बुद्धिचाल प्रतियोगितामा ६ जनाले प्रतिस्पर्धा गर्न लागेको छन ।
क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र त्यसै गरि भलिबलमा प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र बुद्दिचालमा प्रथम पुरस्कार ५ हजार , दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार रहेको बंगलाचुली गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम केसीले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
