घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी घोराही उपमहानरले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार निर्वाचित भएको खुसीयालीमा विजयी ¥याली निकालेको छ ।
पार्टीले बैशाख १० गते भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन २ मा पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ मा स्वर्निम वाग्ले एतिहासिक सानदार जीत हासिल गरेको भन्दै आज बुधबार घोराहीमा विजयी ¥याली निकालेको हो ।
घोराहीको ट्राफिक चोकबाट निकालेको विजयी ¥याली बजारका विभिन्न ठाउँमा परिक्रमा गर्दै तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
फोटो : सुनिल गौतम


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
