• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका- ६ र ७ वडाको भेला सम्पन्न




दिनेश रैदास

दाङ, १३ बैशाख । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वडा नम्बर ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ।

भेलाले भोजराज खनालको अध्यक्षतामा ३ जनापछि थप्ने गरी २१ सदस्यीय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित, कोषाध्यक्षमा हर्कमान आचार्य, सचिवमा युवराज आचार्य रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा मात्रिका घिमिरे, हरि खनाल, मोतीकुमारी कुमाल, शिव कुमारी चौधरी, भिमबहादुर थापा, रामबहादुर घर्ति, रमण कुमार शर्मा, थानेश्वर आचार्य, लेखराज पण्डित, पुस्पा विक, मञ्जु ओली, खड्क जिसी, टंक आचार्य, लिला आचार्य र रुबी पन्थी रहनु भएको छ।

त्यसैगरी सल्लाहकारमा ऋषिराम पन्थी, डिल्लीराज खनाल, ओमबहादुर बिसी, उमा पन्थी हुनुहन्छ। भेलामा राजमो जिल्ला सल्लाहाकार कपिलदेव खनाल, गुणनिधि घिमिरे, चित्रबहादुर एमसी लगायतको विशेष उपस्थिती रहेको थियो।

त्यसैगरी वार्ड नं ७ को हिजै सम्पन्न वडा भेलाले जगदीश चौधरीको अध्यक्ष्यतामा सात सदस्यिय वार्ड कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा केशमाया विक, सचिव राजेन्द्र चौधरी, कोषाध्यक्ष राजकुमार विक रहनु भएको छ भने सदस्यहरुमा मानबहादुर विक, वीरबहादुर विक, लक्ष्मी बिक रहनु भएको छ। त्यसैगरी सल्लाहकारमा गुणनिधि घिमिरे र एकराज पाैडेल चयन हुनु भएको छ।

Facebook Comments