घोराही, १२ दाङ/ दाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई विदाइ गरिएको छ ।
गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाईनको सभाहलमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई विदाइ गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्रा युरिसा बन्जाडेको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले यो दुई वर्षको समयमा भएका राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो ।
उँहाले विदाइ हुनु भनेको तह पारगर्नु भएको भन्दै विद्यार्थीले आगामी दिनमा अझै मेहनत र संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो । गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिँदै विदाइ हुनु एक नरमाइलो क्षण महसुस हुने भएतापनि त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए । उनीहरुले यही बैशाख २६ गतेदेखि सुरुहुने कक्षा १२ परीक्षा विद्यार्थीहरुले मेहनतका साथ अनुशासन भएर दिनुपर्ने कुरामा जोड दिए । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो। कक्षा ११ का छात्र रोशन पौडेलले विदाइ पत्र राख्दै पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताए ।
उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पु¥याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिए । कार्यक्रममा विद्यार्थि प्रतीक्षा केसिले पनि मन्तब्य राखेकि थिईन ।कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि, विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरि, विद्यालयका प्लसटुका संयोजक निमानन्द गैरे, ब्यबस्थापन संयोजक कृष्णदेव थापा , विज्ञान संयोजक अजय शाह , शिक्षकहरु विवेक देबकोटा डम्बर रावत ,अनिल गिरी , महाविर घर्ती ,देबेन्द्र अधिकारी , सचिन परियार अरबिन्द अधिकारी , बासुदेब केसि , रमेश चौधरि र शिक्षिका द्वय कल्पना खनाल र कल्पना बस्नेत लगायतको आतिथ्यता रहेको थियो भने ब्यबस्थापन संयोजक कृष्णदेव थापा ,विज्ञान संयोजक अजय कुमार शाह , प्लस टु संयोजक निमानन्द गैरे , विद्यालयका सह प्रधानाध्यापक मुकुन्द गिरि ,र प्रधानाध्यापक डां कृष्णराज डिसिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साथै प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनको विशेष उपस्थिति रहेको थियो भने उँहाहरुले आज भएको बिदाई कार्यक्रम बिदाई मात्र नभयर आगामि दिनहरु अझै चुनौति र अवसरका दिनहरु रहेको बताउनुभएको थियो । उँहाहरुले आउदै गरेको कक्षा १२ को परीक्षाको सफलताको कामना पनि गर्नुभएको थियो । कक्षा ११ का विज्ञान संकायका छात्र सम्भव योगिको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा ११ छात्रा सजना पौडेल , मुना घर्ती र छात्र प्रवेश घिमिरे र रोशन पौडेलले गरेका थिय भने नेपाली बिषयका बिभागिय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
