दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित रेखा शर्माले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ ।
शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को परिधिमा रहेर २७ लाख १५ हजार खर्च गरेको जानकारी दिनुुभएको छ । जसअनुसार मतदाता नामावली खरिदमा तीन हजार, प्रचार सामग्री छपाइँमा पाँच लाख ३३ हजार, गोष्टी, अन्तक्र्रिया र मञ्च व्यवस्थापन तथा पानी चिया खाजा खर्चमा चार लाख १४ हजार खर्च भएको शर्माका निर्वाचन प्रतिनिधि विश्वराज आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी सवारी साधन र इन्धनमा एक लाख ८० हजार, डुवानी खर्चमा एक लाख ३० हजार, रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालमा ६५ हजार, सचिवालय, सम्पर्क कार्यालय सञ्चालनमा चार लाख २५ हजार खर्च भएको आचार्यले जानकारी दिनुुभयो ।
त्यस्तै बुुथमा प्रतिनिधि परिचाचालनतर्फ पाँच लाख ५० हजार र झण्डा ब्यानर छपाइँमा पाँच लाख ५० हजार खर्च भएको आचार्यले जानकारी दिनुुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
