• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समृद्ध भूमे परिकल्पनाको लागि भूमेले लक्षित वर्ग तथा सरोकारवालाहरुसँग सुझाव लिँँदै




बालाराम शेर्पाली
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाले थप विकास र समृद्ध तर्फ डोर्‍याउनको लागि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सोमबार भूमे गाउँपालिको खाबाङ बगरमा रहेको कार्यलयमा अन्तरक्रिया गरेको छ। गाउँपालिकाले टोलस्तर देखि विभिन्न लक्षित वर्ग तथा सरोकारवालाहरुसँग छलफल गर्दै आएपनि लक्षित बर्ग र जनताले चाहेको र खोजेको बिकासको गतिबिधिलाई अगाडि बढाउन लागि अन्तरक्रिया कार्यक्रम गरेको हो ।

No description available.सफा हरियाली र समृद्ध भूमेको पहिचानलाई आत्मासाथ गर्दै गाउँपालिकाले सबै सरोकारवालाहरुको सल्लाहा र सुझाव अनुसार आगामी आर्थिक वर्षको बजेट विनियोजित गरिने पनि गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभएको छ।No description available.

जस अन्तर्गत आज गाउँपालिकाले लक्षित वर्गरसमुदाय तथा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा लक्षित बर्गहरुबाट सुझाब लिएको हो। महिला बालबालिका दलित अपाङ्ता र जेष्ठ नागरिक अल्पसङख्यहरुको विषयमा छलफल गर्दा भनेजस्तो र चाहेर खोजे जस्तो विकासका उन्नती प्रगति भने देखिदैन कागजमा हक र हित नीति र नियम भएपनि ब्यबाहरमा लागु भएको त छैन । यो बिषयमा ध्यानार्कषण गर्दा कस्तो होला भनेर लक्षित बर्गहरुले गुनासो ब्यक्त गरेका छन्। अझ त यस विषयमा द्वन्द्व पीडित, घाइते, सहिद परिवारको कुरा कहि कतै उठेको देखिएको छैन, यो विषयमा अलि बढी चासो दिनुपर्ने द्वन्द्व
पीडित लिला प्रसाद सुनारले बताउनुभएको छ।

यी विषयमा छलफल गर्दा अपाङगताहरु भूमे गाउँपालिका भित्र कैयौ छन्। अपाङगताहरुले पाउनुपर्ने सेवा सुबिधा पाएको छैनौं । के हामी अपाङगताहरुसँग फरक क्षमता छ। हामी माझ भएका क्षमतालाई सदुपयो गर्न र सेवा सुबिधा हामीले कहिले पाउँन सक्छौ भनेर अपाङगता भूमे गाउँपालिका वडा नम्बर ३ को फर्कबाहादुर पुनले सरोकालाहरुलाई प्रश्न गर्नु भएको छ।

यस्तै कार्यक्रममा बोल्दै भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढाले आफू सरकारमा गइसकेपति जन्ताको हक र हितको लागि सधैब महिलाको न्यायलाई माथि रहेको बताउनुभयो । उहाँले सबै लक्षित बर्ग अपाङता र घाईते अलपसङख्य गरीब , दलित जनजाति बाल सन्जाल शिक्षा गुणस्तरमा अहोरात्र खतिरहेको भन्दै बाल सन्जालका पधअधिकाहरुले उठाएका विषएलाई सम्बोधन गर्दै ८० सालदेखि शिक्षा र बिकसको गतिबधिअगाडी बढाउन आगामी ८० देखी बजेत पनि सबै तह र तप्का छुट्टिने गरी बिनीयोजन गर्ने र लक्षित बजेट दुरुपयोग नगरी अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको भयो।

 

उक्त अन्तरक्रिया कार्यक्रमा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले गत बर्षमा लक्षित बर्गसँग अन्तक्रिया नगरी बजेत बिनियोजित गर्दा जनताले चाहेको र खोजे जस्तो सहज नभएको भन्दै यस चालु आर्थिक २०८० ÷ ०८१ मा बिकासको गतिबधिलाई अगाडी बढाउन शिक्षालाई गुणस्तर बनाउन, बालबालिकाको कला र प्रतिभालाई माथि उठाउन र पछाडी परेका समुदाएलाई अगाडी लम्काउन अन्तरक्रिया गरिएको बताउनुभएको छ।
आज भएको अन्तरक्रिया कार्यक्रम भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्क्ष्यतामा सुरुभएको कार्यक्रम नेकपा एमालेका लुम्बिनी प्रदेशको कमिटी सदस्य उपेन्द्रालाल कामी, भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका भूमे गाउँपालिका उपाध्यक्ष लिला प्रसाद सुनार , सहकर्मी समाजका फिल्ड अधिकृत माया बोहोरा, नेपाली कांग्रेसका वडा सभापति जोखन बुढा र नौ वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र लक्षित बर्ग , द्वन्द्व पीडित, घाइते, अपाङगता भएका व्यक्तिहरुको वडा तथा पालिकास्तरीय बाल सन्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन भूमे गाउँपालिकाका कर्मचारी चेतन बुढाले गर्नुभएको थियो।

Facebook Comments