• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिप्रका रुकुुमपूर्वमा अन्तरक्रिया कार्यक्रम, साइबर अपराधमा विशेष ध्यानदिनुपर्नेमा जोड




निराजन सिर्पाली / जिल्ला प्रहरी कार्यालय रुकुुमपूर्वमा समुदाय प्रहरी साझेदारी अवधारण वमोजिम जनसमुदायमा शान्ति सुरक्षा अमन चयन कायम गर्न तथा अपराध अनुसन्धान नियन्त्रणमा भए गरेका काम कार्वाही तथा समुदाय प्रहरी सझेदारी मार्फत गरिएका विभिन्न विषयक जनचेतनामूलक कार्यक्रमबाट समाजमा परेका सकरात्मक प्रभावबारे नागरिक सुनुवाई तथा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुुमपूर्वको आयोजनामा सोमबार उक्त कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठको अध्यक्षतामा सुरुभएको उक्त कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख अतिथि र उपाध्यक्ष गोपाल रेउलेको बिषेश आतित्थ्यता रहेको थियो । कार्यक्रममा विषेशगरी जिल्ला पहरी कार्यलय रुकुम पूर्वले आर्थिक वर्ष २०७९/८० सुरुवातीदेखि आम नागरीकहरुलाई हालसम्म प्रदान गरिएको सेवा प्रभाहको विवरणहरु प्रस्तुति गरिएको छ । साथै उक्त कार्यक्रममा समसामयिक समग्र जिल्लाको वस्तुगत विषय वस्तु स्थीति उपर अन्तरक्रिया तथा छलफल पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मले पछिल्लो समयमा साइबर अपराध र लागूऔषध दुर्ब्यसनीमा प्रहरीले विषेश ध्ययान दिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो नागरिकले शान्ति सुरक्षा तथा अमन चयन अनुभूति गर्ने कुरामा सबैभन्दा पहिले प्रहरीलाई नै सम्झिने हुँदा प्रहरी बर्दीसहित र हामीहरु बिना बर्दी समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सबै आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभएको छ । साथै उहाँले शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कुरामा सिस्ने सरकार जिल्ला प्रहरी कार्यालयसँग सहकार्य र समन्वयमा हर्दम तयार रहेको पनि बताउनु भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठले अन्तरक्रिया तथा छलफल कार्यक्रमा उठेका सबै प्रश्नहरुको छिटै सम्बन्धित निकायहरुसंग कोर्डिनेशन तथा समन्वय गरी समस्याको तत्कालै समाधानको उपाय खोज्ने बताउनुभयो । उहाँले अबको केहिदिन भित्रै सम्बन्धित विषयहरुमा विभिन्न ठाउँहरुमा विषेश गरी बिद्यालय क्षेत्रहरुमा कार्यक्रमको अन्तिम तयारी भइसकेको पनि बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरीक्षक कृष्ण वहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमा प्रहरी सहायक निरीक्षक श्रीधर खनालले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments