• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेविसंघद्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने दोषीलाई कारबाही गर्न माग




घोराही । नेपाल विद्यार्थी संघ दाङले बंगलाचुली–४ का खडग बहादुर डाँगीमाथि भएको अन्याय छानविन गरी न्याय दिलाई दिन मागसहित बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा ज्ञापन पत्र बुझाएको छ । संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेडवाड गरेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने मागसहित बंगालचुलीमा ज्ञापनपत्र बुझाएको हो ।No description available.

नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेल र नेविसंघ बंगलाचुलीका संयोजक भरत जोन भण्डारीले संयुक्त रुपमा जारी गरेको ज्ञापन पत्रमा भनिएको छ शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा भर्ना भई कक्षा ९ को बार्षिक परिक्षा समेत दिएको तर उहाँको नतिजा प्रकाशन नगरिएकोप्रति संघको गम्भीर ध्यानकर्षण भएको छ । यस बारेमा जानकारी लिन खोज्दा विद्यालयका प्रअ खगराज लम्सालले पुनः ८ कक्षामै भर्ना नुपर्ने जस्तो गैर जिम्वेवारी अभिव्यक्ति दिई उहाँ डाँगीको भविष्यमाथि चरम खेलवाड गर्ने नियत प्रष्ट देखिन्छ ।No description available.

एसईईको रजिस्ट्रेसन फारम भर्नबाट वञ्चित गराइएका डाँगीमाथि विद्यालयले गरेको अन्यायप्रति घोर भत्र्सना गर्दै घटनाको छानविन गरि निज डाँगीको नतिजा प्रकाशित गरि सहज पठनपाठनको लागि वातावरण मिलाउनुपर्ने र दोषि माथी कडा कारवाही गर्न संघले जोड्दार माग गरेको छ । अन्यथा संघको जयाज मागलाई वेवस्था गरे कडा आन्दोलन गर्न बाध्य हुने कुरा ज्ञापनपत्रमा उल्लेख रहेको छ ।

बंगलाचुलीमा ९ कक्षाको परीक्षा दिएका विद्यार्थीले फेरि ८ कक्षामा पढ्नु परेपछि….!

 

 

Facebook Comments