कमल खड्का
होलेरी / घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले ४५ दिने स्तरोन्नति कटाई सिलाई सम्बन्धी तालिम सुरु गरेको छ । पहिले प्रारम्भिक तालिम प्राप्त गरिसकेका ब्यक्तिहरुका लागि स्तरोन्नती तथा प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत उक्त तालिम रोल्पाको होलेरीमा सुरु गरिएको हो । तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले तालिम लिदैगर्दा प्रशिक्षर्थीहरुले एकदमै मेहनत गरेर सिक्न समेत अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो सीप सिकिसकेपछि सही तरीकाले पेशा व्यवसायमा जोडिएर फाईदा गरेर सक्षम ब्यक्ति बने मात्र सीप सिक्नु र सिकाउनुको महत्व हुने बताउनुभयो । त्यसकारण प्रशिक्षार्थीहरुले ध्यान दिएर सीप सिकेर आत्मनिभर बनेर समाज परिवर्तन गर्ने ब्यक्ति बन्न समेत सुझव दिनुभयो ।
उक्त तालिमको प्रशिक्षक भिम बहादुर थापा हुनुहुन्छ भने सह-प्रशिक्षक सिता थापा रहनु हुने भएको छ । तालिम आजदेखि सुरु भई ४५ दिनसम्म संचालन हुने भएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तारा प्रसाद शर्मा हुनु हुनुहुन्थ्यो भने कार्यक्रमको सहजीकरण उक्त कार्यालयको सुचना अधिकारी किरण अधिकारीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
