घोराही / दाङको घोराही उपमहानगरपालिका -४ मा लक्ष्मीपुर युवा क्लबको साधारणसभा सम्पन्न भएको छ । क्लबको आयोजनामा शनिबार लक्ष्मीपुरमा उक्त साधारणसभा सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष पंकज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तारा प्रसाद भण्डारीले आर्थिक प्रतिबेदन र सचीव श्रीधर भण्डारीले बार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो ।
उक्त भेलामा क्लबका अध्यक्ष पंकज आचार्यले क्लब स्थापनादेखि अहिलेसम्म सफल गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियोे । उहाँले आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
क्लबका उपाध्यक्ष हिमाल पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेमराज भण्डारीले गर्नुभएको थियो ।
क्लबको नयाँ कार्यसमिति चयन
लक्ष्मीपुर युवा क्लबको शनिबार सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त साधरणसभाले दुई बर्षको लागि हिमाल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । जसमा उपाध्यक्ष श्रीधर भण्डारी, सचिव खेमराज भण्डारी, सह- सचिव प्रमोद पन्थी, कोषाध्यक्ष तारा प्रसाद भण्डारी, सदस्यहरु सनि खनाल, शिशिर आचार्य, शोभाराम भण्डारी, गिरिराज आचार्य, गीता भण्डारी, दर्सना परियार
रहनुभएको छ।
साथै भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा पंकज आचार्य, बसन्त खनाल र बुद्धिराज अधिकारी रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
