• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुलका १० कक्षाका विद्यार्थीको दीक्षान्त कार्यक्रम सम्पन्न




घोराही, ९ बैशाख । घोराही – १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीका कक्षा १० का बिद्यार्थीहरु दीक्षित भएका छन् । बिद्यालयका २०७९ सालको एसइई परीक्षामा सम्मिलित भएका बिद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।

बिद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दीक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यालयका चौथो ब्याचका बिद्यार्थीहरुलाई दीक्षित गरीएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष तथा साहित्यकार नाराएण प्रशाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो दिक्षान्त समारोहमा गुरुकुल एकेडमीमा कक्षा १० का ४२ जना बिद्यार्थीहरु दीक्षित भएका छन् ।

सो अवसरमा प्रमुख अतिथिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राख्नुभएको थियो । उँहाले गुरुकुलले प्रदान गर्ने शिक्षाले हरेक अभिभावकले आफ्ना बालबालिकाको पढाई र शिक्षा प्रति निकै सन्तुष्ट भएको बताउनुभयो । शिक्षा संस्कार र संस्कृति भन्ने मुल नारा र पुर्ण मानव श्रृजना गर्ने उद्धेश्यका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवाति बर्ष देखि नै राम्रो नतिजा हासिल गर्दै आएको भन्दै गुरुकुल एकेडेमीप्रति खुसी ब्यक्त गर्नुभयो ।

साथै आज दिक्षित हुने सम्पुर्ण बिद्यार्थीहरुलाई उच्च शिक्षाको लागि शुभकामना ब्यक्त गर्दै एसइई पछि कक्षा ११ को गन्तब्य पनि गुरुकुलनै बनाउन सके बिद्यार्थीहरुको ब्यक्तिक्त्व बिकाससंगै देशका बिभिन्न ठुला शहरका कलेजहरुमा पाउने शिक्षा गुरुकुलमै पाउने सल्लाह पनि दिनुभयो ।

दिक्षान्त कार्यक्रममा बिद्यार्थी छात्रा एजिना अधिकारीले गुरुकुलमा अध्ययण गर्दाको अनुभव र त्यँहा सिकेको बिभिन्न अतिरीक्त कृयाकलापको बारेमा प्रस्ट पार्दै आफ्नो भनाई राख्नुभएको थियो र अन्य बिद्यार्थिहरुलाई पनि गुरुकुलमा अध्यन गर्न पनि सुझाउनुभयो ।

यस्तै अभिभावक फनिराज पोख्रेलले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीको जस्तो राम्रो बातावरण अन्य बिद्यालयमा आफुले अनुभव नगरेको बताउनुभयो । गुरुकुलले अहिले जुन पद्धतिबाट शिक्षण सिकाई कृयाकलाप गरीरहेको छ त्यो एकदमै राम्रो भएको हुदा आगामि दिनमा अझै सफलताको शुभकामना समेत दिनुभएको थियो । बिद्यालयका प्रिन्सिपल डा। कृष्णराज डिसिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको दीक्षित कार्यक्रममा बिद्यालय संयोजक महेन्द्र पौडेलले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक विवेक देवकोटाले गर्नुभएको थियो ।

Facebook Comments