• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीमा एक घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति




तुल बहादुर कवँर मगर

देउखुरी, ९ वैशाख  । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ।

दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न ,लत्ताकपडा ,भाडाकुडा ,कागज पत्र समेत जल्दा करीब रु ५ लाख १५ हजार बराबरको क्षति भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्री ले जानकारी दिनु भएको छ ।

आगलागी नेपाल प्रहरी र स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

Facebook Comments