• २३ माघ २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको राप्ती गाउँपालिकाद्वारा विपन्न १३ घर परिवारलाई नि:शुल्क साेलार वितरण




तुल बहादुर कवँर मगर

देउखुरी / दाङको राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई नि:शुल्क सोलार बत्ती वितरण गरेको छ ।

विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोलार बत्ती वितरण गर्नुभएको हाे।

साेलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यले पालिकाले साे साेलार बत्ती वितरण गरेको बताउनुभयो।

अध्यक्ष विष्टले अझैसम्म पनि गाउँपालिकाकाे कतिपय ठाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेकाले त्यस्ता ठाउँमा विद्युत विस्तारका गर्नका लागि आफुले पहल गरिरहेकाे बताउँदै सम्भवत आगामी आर्थिक वर्षमा साे कार्यकाे शुरुआत हुने बताउनु भएको छ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकाले निशुल्क रुपमा प्रदान गरेकाे साेलार बत्तीलाई सहि तरिकाले प्रयाेग आग्रह गर्नु भएको थियाे।

पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको ठाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताका  साेलार वितरण गरिएको हाे।

उक्त गाउँमा विद्युत विस्तार नहुदा वर्षै देखि स्थानीयहरु घन्टाै पैदल यात्रा गरेर माेबाईल चार्ज तथा अन्य विद्युतीय कामकाे लागि देविकाेट आउनु पर्ने बाध्यता रहेकाे छ।

सोलार वितरण भए सँगै त्यस्ता कतिपय कामहरु समाधान हुने र उनीहरुको दैनिक जीवनयापनमा समेत सहज हुने वडा नम्बर नाै का अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनु भएको छ ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित समेत भएका छन् ।

उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,कार्यपालिका सदस्य रण बहादुर पुजाली,समाजसेवी चित्र बहादुर थापा मगर ,सुरेश चौधरी लगायतकाे उपस्थित रहेको थियो।

Facebook Comments