दाङ बंगलाचुली वडा नं. ४ निवासी खडक बहादुर डाँगीले श्री मावि भेडावारी मुलावारीमा २०७५ सालमा कक्षा ८ परीक्षा दिएर पास भए। तर, उनीले केही बर्ष बीचमै पढ्न छोडेर फेरि २०७९ सालमा सोही विद्यालयमा कक्षा ९ मा भर्ना भएर पढ्न सुरु गरे । उनले कक्षा ९ को वार्षिक परीक्षा समेत दिए । परीक्षा दिएका सबै विद्यार्थीको नतिजा प्रकाशन भयो, तर उनको भएन् । परीक्षा दिएर पनि रिजेल्ट नआएपछि विद्यालयमा बुज्न जादा शिक्षकले कक्षा ८ मा पढ्नुपर्ने बताएको विद्यार्थी डाँगीले बताए ।
विद्यालयमा बुझ्दा ८ कक्षाको गणित विषयमा इ ग्रेड आएको कारण उनले एसईईको रजिस्ट्रेसन फर्म भर्न नपाउने भएको कारण यस्तो भएको हँदा कक्षा ८ मा पढ्नु परेको रहेछ ।
उक्त बिद्यार्थीले आफूलाई रजिस्ट्रेसन फर्म भर्न नमिल्ने भए किन ९ कक्षामा भर्ना गरियो र मेरो १ वर्ष समय किन खेर फालियो भनेर विद्यालयका प्रअ खगराज लम्साललाई प्रश्नगर्दा प्रअ लम्सालले मिस्टेकले भएको भन्दै माफी मागेर पन्छिन खोजेको बताए ।
त्यस्तै विद्यालयका प्रअ खगराज लम्सालले सिस्ने अनलाइनसँग कुरा गर्दै नतिजाको विषयमा प्रत्येक वर्ष परिवर्तन भएर आउदा त्यस्तो समस्या आएको बाताए । उनले पहिलाको वर्षमा इ ग्रेड ल्याउदा पनि फर्म भर्न मिल्ने भएको हुँदा भर्ना गरियो हो, तर अहिले अनिवार्य डि ग्रेड लिउनुपर्ने हुँदा यो समस्या आएको बताउँछन् ।
तर यता जिल्ला शिक्षा समन्वय एकाइमा बुझ्दा २०७२ सालदेखि ७७ सालमा अनिवार्य विषयमा डि प्लस ग्रेड ल्याउने र २०७७ देखि ग्रेड डि लिए पनि एसईईको रजिस्ट्रेसन फर्म भर्ने पाउने बताउँछन् ।
बंगलाचुली गाउँपालिका शिक्षा शाखाका प्रमुख ओम केसीले कक्षा ८ मा ग्रेड् इ हुँदाहुँदै पनि भर्ना गर्नु स्कुलको गल्ती भएको र प्रअलाई स्पष्टीकरण समेत माग्ने बताए ।
नेपाल विद्यार्थी संघ बंगलाचुलीका सभापति भरत जोन भण्डारीले बिद्यार्थीको पढाइ , जीवनमाथि खेलबाड गर्ने प्रअलाई कानुनी कारबाही हुनेपर्ने माग गरेको छन् । आइतबार बंगलाचुली शिक्षा शाखामा रजिस्ट्रेसन फर्म भर्न वातावरण मिलाइदिनु हुन भनेर निवेदन दिने समेत आज घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
