• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङद्वारा रक्तदान




घोराही / नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीले ७५ औं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, पार्टीका जिल्ला सदस्य पदम सी, शिशिर सी, मनिषा सी, मनोज सी, दिपक सी लगायतले रक्तदान गरेका हुन् ।

नेकपा पूर्वी दाङले ७५ औं कम्युनिस्ट पार्टी दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तर्गत घोराहीमा रहेको रक्तसञ्चार केन्द्रमा एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको पार्टीले जनाएको छ ।

ब्लड बैंकमा रगतको अभाव हुन नदिन तथा अस्पतालमा भएका बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध होस् भन्ने उद्देश्यले रक्तदान गरिएको पार्टीले जनाएको हो ।

पार्टीले उक्त कार्यक्रममा रक्तदान गर्ने र सहभागी हुने सम्पूर्णलाई हार्दिक धन्यवाद प्रकट गरेको छ ।

Facebook Comments