दाङ, ८ बैशाख / लामाे समयदेखि विद्यार्थीकाे माग र प्रशासनकाे आवश्यकतालाई मध्यनजर गर्दै पद्माेदय क्याम्पसले बिधिवत रुपमा पुजा गरि आजबाट बस सेवा सञ्चालनमा ल्याएकाे छ । धेरै मिहिनेत र लामाे समय पछिकाे प्रयासमा आफ्नै भबन र बस सञ्चालनमा ल्याउन सफल भएको निबर्तमान क्याम्पस प्रमुख निश्चल आचार्यले जानकारी दिनुभएको छ ।
ब्यबस्थापन समितिकाे बैठकले रुटप्रमिट गर्ने र समितिकाे निर्णयपछि बिद्यार्थीहरुले बस सेवा उपभाेग गर्न पाउने निमित्त क्याम्पस प्रमुख किरण पौडेलले जानकारी दिनुभएको हाे ।
क्याम्पस बजार क्षेत्र भन्दा बाहिर ( घाेराही -१७ चौघेरा हरिद्वार ) भएको र बिद्यार्थीहरुलाई क्याम्पससम्म पुग्न असहज भएको समयमा बस सेवा उपभाेग गर्न पाउदा बिद्यार्थी लगाएत सम्पूर्ण प्रशासन टिम खुसी भएको स्वबियु सभापति बिष्णु गाेराथाेकीकाे भनाइ रहेकाे छ ।
क्याम्पसले आफ्नै भबनमा पठनपाठन र आजबाट बस सेवा सञ्चालनमा ल्याएको हाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
