होलेरी / रोल्पाको रुन्टीगढी गाउँपालिका ५ नम्बर वडालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको छ । वडामा रहेको डुबिडाँडा स्वास्थ्य चौकीको आयोजनामा “स्थानिय स्वामित्व र सहभागीता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ हिजो बुधबार पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिनासम्म प्रत्यक शिशुलाई कुनै खोप नछुटाई नियमित खोप लगाउने प्रक्रियालाई पूर्णखोप भनिन्छ । सोही अनुरुप डुबिडाँडा स्वास्थ्य चौकीले वडा नम्बर ५ का सबै बालवालिकालाई नछुटाई खोप पुरा दिएको हुँदा पूर्णखोप सुनिश्चित वडा घोषना गरिएको हो ।
वडा नम्बर ५ का अध्यक्ष गोबिन्द बहादुर डाँगी अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष जनक पुनले पूर्णखोप सुनिश्चित वडा घोषना गर्दै गर्दा कहि कतै खोप लगाउन बालवालिका छुटे भने पूर्णखोप सुनिश्चित घोषना गर्नुको औचित्य नहुने बताउनुभयो । कार्यक्रम रुन्टीगढी गाउँपालिका वडा ५ डुबिडाँडा स्वास्थ्य चौकीमा भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
