• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पहरे घर्ती समाजको साधारणसभा




तुलसीपुर,७ वैशाख ।पहरे घर्ती समाज केन्द्रीय कार्यालय दाङले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा तेस्रो साधारणसभा भएको छ । बुधबार गणेशपुर पार्कमा उक्त कार्यक्रम भएको हो । समाजका अध्यक्ष जितबहादुर घर्ती मगरको अध्यक्षता तथा नेपाल मगर संघ दाङ जिल्लाका अध्यक्ष डिल्लीबहादुर घर्ती मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

उपाध्यक्ष कुलबहादुर घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा युवा ब्यबसायी चक्र बहादुर घर्तीले युवाहरु राजनीतिक पार्टीको मात्रै नभई समाजकालागि एक जुट भएर लाग्नु पर्ने बताएका थिए । युवाहरु राजनीतिक पार्टीलाई बढि ध्यान दिदा सामाजिक क्षेत्र ओझेलमा परेका बताएका थिए ।

 

नेपाल मगर संघ दाङका सल्लाहकार तथा तुलसीपुर चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले घर पालुवा रक्सी स्थानीय उत्पादन भएकाले यसलाई बैधानिक बनाएर विदेशसम्म निर्यात गर्नुपर्ने बताएका थिए ।

 

त्यस अवसरमा कोषाध्यक्ष जुद्धविर घर्ती मगरले आर्थिक प्रतिवेदन पेश गुरेका थिए, भने सहजीकरण सचिब चन्द्रबहादुर घर्ती मगरले गरेका थिए ।

Facebook Comments