• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बनगाडको ढोरपिपरलमा एकीकृत रूपमा पशु र कृषि उप शाखाको सेवा सुरु




सल्यान, ६ बैशाख । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर- ७ को ढोरपिपलमा आज बुधबार एक कार्यक्रमका बिच पशु सेवा र कृषि विकास कार्यालयले सेवा प्रवाह सुरु गरेको छ ।

जनताको सेवालाई नजिकवाट सेवा दिने उद्देश्यले उक्त सेवा सुचारु गरिएको छ । वडा वडामा सेवा दिन पर्ने भएपनी कर्मचारीको बाध्यतालाई मध्यनजर गर्दै ६ वटा वडाको मध्य भागमा पर्ने ढोरपिपलमा सेवा सुचारु गरिएको छ । उक्त कार्यालयमा सेवा लिन ७ देखि १२ वडा सम्मका जनताले सेवा लिन सहज हुने बताएको छ ।

उक्त कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, ७ नम्बर वडाध्यक्ष जीवन सिह ठकुरी, ८ नम्बर वडा अध्यक्ष कुलबहादुर पुरि, ११ नम्बर वडा अध्यक्ष वीर बहादुर बुढा लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

Facebook Comments