• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मानव वेचविखन तथा ओसारपसार  आरोपमा होटल सञ्चालक पक्राउ




रोजगारीको प्रलोभन देखाई यौनधन्दामा लाग्न बाध्य पारेको पीडितको मुद्दापछि एक जना होटल सञ्चालक पक्राउ परेका छन्। लमही नगरपालिका–५ लमही बजारमा होटल बी एण्ड बीका सञ्चालक ४४ वर्षीय नुमाराज भुसाल पक्राउ परेका हुन्।

प्युठानबाट अध्ययनका लागि दाङमा आएका २० र २१ वर्षीया युवतीहरूले दिएको जाहेरीका आधारमा भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले  बताए।

‘रोजगारीको खोजीमा पुगेका दुई युवतीलाई जागिरको प्रलोभन देखाई होटल सञ्चालकले आफ्नो होटल नजिकै कोठा खोजेर राखेको र रातिमा होटलमा बोलाएर बलजफती यौनधन्दामा लगाउन बाध्य पारेको भन्ने कुरा पीडितहरूको छ,’ डिएसपी गौतमले भने, ‘होटल सञ्चालकले अधिकांश भारतीय नागरिकहरू ग्राहकका रूपमा बोलाउने गरेको कुरा खुलेको छ।’

उनीहरूले उजुरीमा होटल सञ्चालक भुसालले आफूहरूलाई विभिन्न प्रलोभन तथा डर त्रास देखाएर मंसिरको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक परपुरूषसँग रातभर शारीरिक सम्पर्क राख्न बाध्य बनाएको आरोप लगाएका छन्।

उनीहरूलाई त्यसबापत निश्चित रकम दिने गरेको कुरा पनि खुलेको प्रहरी अधिकारी बताउँछन्।

पीडित दुई महिलाले भुसालविरूद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा वडा प्रहरी कार्यालय लमहीमा पुगेर दुई दिन मुद्दा दायर गरेका थिए।

जिल्ला अदालतले घटना अनुसन्धानका लागि भुसालाई पाँच दिन थुनामा राख्न आदेश मंगलबार दिएको छ।

Facebook Comments