• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण




आलोक भावुक / दाङको गढवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडाअन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानस्वरुप दराज वितण गरिएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसी राम अधिकारीले जानकारी दिनु भयो ।

गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड-१९ को महमारी, हात्तीपाईले रोग निवारणका लागि वडामा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान लगायतको अन्य स्वास्थ्य क्षेत्रमा गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेकोे भूमिकाको जति प्रशंसा गरे पनि कम हुने वडाध्यक्ष तुलसी राम अधिकारीले बताउनुभयो।

स्वास्थका आधारस्तम्भ भनेको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
दराज पाइसकेपछि स्वास्थ्य स्वयंसेविका श्री कुमारी चौधरीले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरुको मनोबल बढाउने कार्यक्रम गर्न आग्रह गर्नु भयो । दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट दराज पाएपछि हर्षित हुदै धन्यबाद समेत दिनु भयो। दराज पाए पछी आफ्नो कलम, कापी, झोला, राजिष्टर, महत्वपूर्ण कागजात राख्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका श्री कुमारी चौधरीले बताउनु भयो।

आठ वटा वडा रहेको गढवा गाउँपालिकामा ८२ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहनु भएको छ भने वडा नम्बर तिनमा मात्र १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदीले जानकारी दिनु भयो ।

दराज वितरण कार्यक्रममा वडा सदस्यहरु आशाराम चौधरी, चन्द्रा केसी र बिमल कुमार चौधरी, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख कृष्ण प्रसाद भट्टराई, धनोज यादव, शोभा रावत क्षेत्री लगाएतको उपस्थिति रहेको थियो।

वडा नम्बर ३ अन्तर्गतका १० जना स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बिनियोजीत बजेटबाट स्टिलको दराज खरिद गरी वितरण गरेको हो ।

दराज वितरण कार्यक्रममा तिन नम्बर वडाका सदस्यहरु आशाराम चौधरी, चन्द्रा केसी, आधारभूत स्वास्थ्य सेवा केन्द्र गोबरडियाका प्रमुख कृष्ण प्रसाद भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका श्री कुमारी चौधरीले मनतब्य राख्नु भएको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका वडा नम्बर तिनका वडा सचिव शिव कुमार चौधरीले गर्नु भएको थियो ।

Facebook Comments