दाङ, २बैशाख
बास नेपाल दाङद्धारा घोराहीमा राष्ट्रिय झण्डा दिवस मनाईएको छ । वैशाख १ गते आज नेपाल सरकारसँग दिवस घोषणा गर भन्ने माग राख्दै राष्ट्रिय झण्डा दिवस मनाईएको बागेश्वरी असल शासन क्लव बासले जनाएको छ ।
बास दाङका जिल्ला उपाध्यक्ष समिर वलीको अध्यक्षतामा घोराही १४ को क्याप्टेन लखन थापा मगर पार्कमा एक औपचारिक कार्यक्रम गरि दिवस मनाईएको हो । नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा नेपालको राष्ट्रिय झण्डाको अर्थ र महत्वका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा सहभागि युवाहरुले नेपालीको राष्ट्रिय गानसहितका अन्य देशभक्ति भावका गितहरु गायका थिए ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
