• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मिर्गौला पीडितलाई आर्थिक सहयोग




घोराही उपमहानगरपालिका वडा नं ४ स्यालापानी निवासि सरद बुढा मगर उपचारका लागि विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा  मलेसियामा  रहेका  घोराही उपमहानगरपालिका वडा नं ४ लक्ष्मीपुर निवासि माधब भण्डारी लगायतले मिर्गौला पीडित बुढा मगरलाई  रु ३९ हजार  २ सय २० रूपमा आर्थिक सहयोग गरेका हुन् ।

माधब भण्डारीको  नेतृत्वमा टाइसन कम्पनी मलेसियामा काम गर्ने हरुले गरेका हुन  । मिर्गौला पीडित ४० वर्षीया बुढा मगरले  आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताए ।

आर्थिक अवस्था कमजोर भएको  बुढा मगरको उपचारका लागि केही सहज होस सहयोग रकम सहयोग गरिएको भण्डारीले बताए  ।

उक्त रकम भण्डारीका श्रीमती गोमा भण्डारी र बुवा हितलाल भण्डारीद्वारा मिर्गौला पीडित घरमै  हस्तान्तरण गरियको थियोे  ।  कार्यक्रममा स्यालापानी टोलका प्रतिनिधि प्रकाश कुमार घिमिरे दिवाकर रेग्मि र लक्ष्मीपुर युबा क्लब का कोषाध्यक्ष तारा प्रसाद भण्डारी लगाएत विभिन्न ब्याक्तित्व हरुको उपस्थिति थियो ।  भण्डारीले  बिगतमा पनि  विभिन्न सामाजिक कार्यक्रममा योगदान गरेका थिए ।

Facebook Comments