• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ




घोराही । दाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्  । गढवा गाउँपालिका–८ डाँडागाउँबाट एक थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय दिलकुमार पुनको घर नजिकै शंकास्पद व्यक्ति बन्दुकसहित घुमिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पुनको घरनजिकै वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बरामद गरेको र सोही ठाउँमा शंकास्पदरुपमा भेटिएका गढवा गाउँपालिका–८ कोइलावासका ३२ वर्षीय मानसिंह सुनारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

Facebook Comments