दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब साढे ४ बजेतिर लमही नगरपालिका १ नर्ती स्थित पूर्व पश्चिम राजमार्गमा महेन्द्र नगरबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९३९२ नम्बरको बसको पट्टाको पिन भाँचिएर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते हुनेमा बुटवल उपमहानगरपालिका ११ बस्ने २० वर्षीया गीता सुवेदी, रूपन्देहीको सियारी गाउँपालिका १ बस्ने २१ वर्षीय रोशनी शाह यादव , उनको एक महिनाको छोरा शशि यादव, रूपन्देही सैनामैना नगरपालिका २ बस्ने ४६ वर्षीय ओम प्रसाद ज्ञवाली घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै बुटवल उपमहानगरपालिका ११ बस्ने ४ वर्षीय जस्तिन सुवेदी ,सैना मैना नगरपालिका ४ बस्ने ६६ वर्षीया तुलसा पाण्डे , सोही ठाउँकी ६८ वर्षीय लक्ष्मी देवी पाण्डे र कपिलवस्तु रुद्रपुर गाउँपालिका ४ बस्ने ५५ वर्षीय शुरज थापा भएको र उनीहरूलाई उपचारको उपचार लमही अस्पताल लमही दाङमा भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था भने सामन्य रहेको छ ।
यस्तै बस चालक रूपन्देही सैनामैना नगरपालिका ५ बस्ने ५१ वर्षीय कौशल राज न्यौपानेलाई सामान्य खुट्टामा सामान्य चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
