• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा आन्दोलित कृषकहरु प्रहरीको नियन्त्रणमा




खुमबहादुर सुनार
लिवाङ, २७ चैत। आन्दोलित रोल्पाली कृषकहरुले कृषि ज्ञान केन्द्र कार्यालय रोल्पामा ताला लगाएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।  आर्थिक बर्ष २०७८/०७९ मा कृषि ज्ञान केन्द्र रोल्पाबाट बिभिन्न योजनाहरुमा छुट्याइएको रकम अर्को आर्थिक बर्ष जान लाग्दा सम्मपनि कार्यालयले भुत्तानी नगरेको भन्दै कृषकहरुले आन्दोलन गदै आएका छन् । सोहि बिषयलाई लिएर सोमबार कृषि ज्ञानकेन्द्र रोल्पा पुगेका कृषकहरुले पटक-पटक आफुहरुको मागको मारेमा सम्बन्धित कार्यालयलाई ध्यानाकर्षन गराँउदा पनि कुनै सुनुवाई नगरेको भन्दै आफूहरु यस्तो गर्न बाध्य भएको कृषकहरुले प्रतिक्रिया दिएको छन् ।

कृषि ज्ञान केन्द्र रोल्पाबाट आर्थिक बर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म १० बर्ष अबधिको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत बिभिन्न खाद्ययवस्तु तथा फलफुल तरकारीका सुपर जोन, जोन,व्लक, पकेट अन्तर्गत रोल्पामा बिभिन्न बालिको ब्लक कार्यक्रम कृषि ज्ञान केन्द्र रोल्पाले सञ्चालनमा लिएको थियो । सो कार्यक्रम आर्थिक बर्ष २०७८/०७९ को असार मसान्त भित्र सम्पन्न गर्नको लागि जिल्लाभित्र रहेका कृषक, कृषि समुह, सरकारीहरुसँग सम्झौता गरेर काम अगाढी बढाएको पीडित कृषकहरुले बताएका छन् ।

कार्यालयसँग भएको सम्झौता अनुसार आफुहरुले काम सम्पन्न गरेर रकम माग गरे पनि कार्यालयले रकम भुत्तानी नगरेको भन्दै आफूहरु आन्दोलन गर्न बाध्य भएको कृषक संघर्ष समितिका संयोजक त्रिपनी बैजालीले बताउनु भएको छ । खाद्ययवस्तु तथा फलफुल तरकारीका सुपर जोन, जोन,व्लक, पकेट गरि १२ वटा बल्कको रु १ करोड ४९ लाख ६४ हजार ७९ रुपैया र ६ वटा प्राङ्गारिक प्रवद्धन कार्यक्रमको रु ७ लाख ४५ हजार ८ सय ५३ रुपैया गरि जम्मा १ करोड ५७ लाख ९ हजार ९ सय ३२ रुपैया अझै कृषकलाई भुत्तानि गर्न बार्कि रहेको भन्दै आफुहरु आन्दोलन गर्न लागेको बैजालिले बताउनु भएको छ ।No description available.
आफुहरुलाई कृषि ज्ञान केन्द्रले आज हुन्छ भोली हुन्छ भन्दै अल्झाएको र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, कृषि निर्देशनालय लुम्बिनी प्रदेश , कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सिंहदरबार काठ्माण्डौ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र राष्ट्रिय किसान आयोग किर्तिपुर सम्म पुग्दा समेत आफुहरुको मागमा कुनै पनि सुनुवाई नभएको भन्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारी कृषकहरुले बताएको छन् ।

आन्दोलनकारी कृषकहरुले चार बुदे माग समेत राख्दै आएको छन् । कृषकहरुले पाउन बाकि रकम १ करोड ५७ लाख ९ हजार ९ सय ३२ रुपैया तत्काल आफुहरुले पाउनु पर्ने, कृषि ज्ञानकेन्द्र रोल्पाका यथासिघ्र कार्यालय प्रमुख पठाउनु पर्ने, लापरवाही गर्ने सम्बन्धित कर्मचारीलाई यथासिघ्र झिकाई कारवाही गर्नु पर्ने र कृषकको रमक भुत्तानी नहुँदासम्मको क्षतीपुर्तीको अनिबार्य व्यवस्था गर्नु पर्ने लगाएको आफुहरुको माग समेत रहेको कृषकहरुले बताएका छन् । अहिले यो समाचार तयार पार्दा सम्म आन्दोलन कारी कृषकहरु र कृषि ज्ञान केन्द्र रोल्पाको बिचमा जिल्ला प्रहरी कार्यालय रोल्पाको प्राङ्गनमा सहमतिको लागी छलफल गरि भैइराखेको बताइएको छ ।

Facebook Comments