• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सामुदायिक बनको नीति उपभोक्ताको हित हुनेगरी आएमा गाउँपालिकाले सहयोग गर्छ :उपाध्यक्ष जिसी




सामुदायिक बन उपभोक्ता महासंघ नेपाल बंगलाचुली स्थानीय बन महासंघको दोस्रो अधिबेशन शनिबार जुम्लेपानी गढी सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा सम्पन्न भएको छ ।

स्थानीय बन महाससंघ बंगलाचुली अध्यक्ष रत्ना थापाको अध्यक्ष तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले सामुदायिक बनहरुले नीति संगत र स्थानीय उपभोक्ताको हित हुनेगरि उचित कार्य योजना लियर आए गाउँपालिका त्यस्ता योजनाको छलफल गरि सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।

गाउँपालिका भौतिक बिकास भन्दा पनि स्थानीयको क्षमता विकासतर्फ उन्मुख रहेकाले सामुदायिक बनहरुसँगै स्थानीय संघ/ संस्था सहकारी बिभिन्न समुहहरुको नियमनका लागि बिशेष योजना बनाउने तयारीमा रहेको बताउनुभयो ।साथै उहाले समृद बन कार्यक्रम अन्तर्गत सहजकर्ता मार्फत सामुदायिक बनहरुको क्षमता अभिबृदि कार्य योजना निर्माण मा जस्ता क्रियाकलापमा पनि सहयोग गर्ने बताउनुभयो ।

स्थानिय बन महासङघ बंगलाचुलिकी अध्यक्ष रत्ना लक्ष्मि थापाले सरकारले बन व्यवस्थापन गर्न नसकेर सामुदायिक बन महासंघलाइ जिम्मा दिएको भन्दै सबैले स्थानिय स्तरबाटै बनको संरक्षण र सम्वर्दनमा लाग्नु पर्ने बताउनुभयो ।

 

कार्यक्रममा स्थानिय बन महासंघकि अध्यक्ष रत्न लक्ष्मि थाप बन महासङघ दाङकि सचिब जानका केसि कोषाध्यक्ष कमलराज पोख्रेल प्रदेश बन महासंघकि प्रतिनिधि पार्वता योगि बन महासंघ दाङकि प्रतिनिधि शुसिला पौडेल, पुण बहादुर मल्ल लगायत पालिका अन्तरगतका बिभिन्न सामुदायिक बनका प्रमुख तथा प्रतिनिधिहरुले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले आगामि दिनमा सामुदायिक बन उपभोक्ता समुहको बिकासका लागि स्थानिय तथा सामुदायिक बन उपभोक्ता महासङघले बिभिन्न क्षेत्रमा सहजिकरण गर्नुपर्नेमा जोड दिएका थिए।

 

यस्तै अधिवेशनले रोमहर्ष खनालको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा चन्द्रकला घर्ति, सचिवमा शिवा गिरी, कोषाध्यक्षमा लाल बहादुर गिरी, सदस्यहरुमा चुमा राना, बम बहादुर गाहा, तुलसा कवर र कुल बहादुर वलीलाइ चयन गरेको छ ।

त्यस्तै अधिवेशनले ८ जनालाइ प्रदेश प्रतिनिधिको लागि छनोट गरेको छ । नमलाल गिरी, गिरीराज खनाल, सोक बहादुर थापा मगर, कृष्ण महरा , द्रोपता पौडेल, रत्न लक्ष्मी थापा, पवित्रा डाँगि र शान्ति घर्तिलाइ छनोट गरेको छ ।

Facebook Comments