• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूमेमा बालविवाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रम




बालाराम शेर्पाली / सहिद शुक्र बाल क्लब समूहको आयोजनामा बालविवाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक नाटक कार्यक्रम समापन भएको छ ।

सहिद शुक्र बाल क्लबको प्रस्तुती रहेको बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक चैत १७ गतेबाट सुरु भएको बालविवाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रम आज शुक्रबार भूमे गाउँपालिका कार्यालय खाबाङ बगरमा समापन गरिएको छ ।बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले यो सडक नाटक प्रदर्शनी गरिएको हो ।

उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालीन असर र त्यसको कारण बालिकाको मृत्यु भएको बारेमा नाटक प्रदर्शन गरिएको छ। यस्तै पोषण सम्बन्धी ६ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई कुपोषण घटाउन र उनिहरुलाई जागरुग फुर्तीलो र तन्दुरुस्त हुन र बजारिए जङ फुडबाट टाढा रहन र भूमे गाउँ पालिकलाइ बालबिबाह मुक्त पालिका बनाउन बाल बिबाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रम चैत १७ गते देखि भूमे गाउँ पालिका वडा नम्बर ९ देखी सन्चालन गरिएको थियो। उक्त कार्यक्रम भूमे ९वटै वडामा रहेको २० वटा टोल बस्तिहरुमा सन्चालन गरिएको छ ‌।

विषेश गरेर बाल बिबाह न्यूनिकरणलाइ शुन्य दर बनाउने प्रतिबद्धता रहेको नाटकको पार्त पार्वती सुनारले बताउनुभएको छ।

यस्तै समापन कार्यक्रममा बोल्दै भूमे गाउँ पालिकाको अध्यक्ष होमप्रकाश श्रेष्ठले बालबिबाह न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिसकेपछि अब भूमे गाउँमा पालिकामा बालबिबाह केहि कमि बताउनुभएको । भूमे गाउँपालिकालाई बालबिबाह मुक्त पालिका बनाउने प्रतिबद्धता रहेको समेत श्रेष्ठले बताउनुभएको छ। आगामी दिनमा पनि यस्तै जन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
पनि उहाँले भन्नुभएको छ।

नाटकका कलाकार एसबि मगर , पार्बती सुनार निर्मला सुनार ,बालाराम शेर्पाली ,अर्जुन बिक ,कमल बिक ,बिपना रोका ,कुसुम रोका निरिसा सुनार लगाएत ८ जना पात्रहहुनुछ। आज यस कार्यक्रम को प्रमुख अतिथि धुर्बबिक्रम ओली ,भूमे गाउँ कार्यपालिका सदस्य भागिलाल दमाइ ,वडा नम्बर ९को वडा अध्यक्ष विनोद बुढा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक मानसिङ डाँगी लगायत वडाका सबै जनसमुदायको सहभागितामा रहेको थियो भने कार्यक्रम बालाराम शेर्पालीले गर्नुभएको थियो।

Facebook Comments