• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धारका विषयमा जनप्रतिनिधीहरु सँग छलफल




चैत २६,दाङ। बैदेशिक रोजगारीका क्रममा अप्ठ्यारोमा परेकाहरुको उद्धार र स्वदेश फिर्ती सहजिकरण प्रकृयाका बिषयमा जनप्रतिनिधीहरु सँग चितवनको सौराहमा छलफलको आयोजना गरिएको छ ।

प्रवासी नेपाली समन्वय समितिको आयोजना र बैदेशिक रोजगार बोर्डको समन्वयमा दुई दिने छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफल कार्यक्रममा घोराही उपमहानगरपालिका सहित देशका ११ वटा स्थानीय तहका जनप्रतिनिधीहरुको सहभागिता रहेको छ । नेपाली श्रमिकहरुको उद्धार तथा स्वदेश फिर्ती सहजिकरण प्रकृयाका बिषयमा जनप्रतिनिधीहरुलाई जानकारी गराउने मुख्य उदेश्य रहेको छ ।

छलफल कार्यक्रममा वैदेशिक रोजगारको वर्तमान अबस्था, प्रवृति, राष्ट्रिय तथा अन्तरष्ट्रिय फोरम, नीति, नियम तथा आप्रबासीहरुको सवाल, अलपत्र परेकाहरुको उद्धार र फिर्ती प्रकृयामा सहजिकरण, वैदेशिक रोजगार बोर्डले दिने सेवा र स्थानीय सरकार सँगको आवसी समन्वय र स्थानीय सरकारहरुले गरेका असल अभ्यासहरुको आदानप्रदान गरिएको छ ।

समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले २०६६ सालमा काठमाडौ जिल्ला प्रशासनमा दर्ता गरेर नेपाली श्रमिकहरुको उद्धार र फिर्ती प्रकृयामा सघाउदै आएकोख बताउनुभयो । बैदेशिक रोजगारीका क्रममा आफुहरु रहदा नेपालीहरुको पाएको दुःखलाई न्याय दिनका लागि नेपालमै फर्केर काम थालेको उहाँको भनाई छ । अहिले सम्म समितिमा ३९ हजार व्यक्तिहरु न्यायका लागि सूचिकृत भएको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष कुलप्रसाद कार्की, महासचिब पदम केसी, सचिब विष्णु आले, कार्यकारी निर्देशक सोमप्रसाद लामिछाने, बैदेशिक रोजगार बोर्डका डाइरेक्टर राजन पौडेल, वोर्डका शान्ति सिंले श्रमिकहरुको उद्धार तथा स्वदेश फिर्ती प्रकृयामा सहजिकरणका बिषयमा अभिमुखिकरण गराउनुभएको छ ।

बैदेशिक रोजगारीलाई अबसर र चुनौतीका रुपमा लिने गरिएको भन्दै जनप्रतिनिधीहरुले सके सम्म बिदेश जानबाट रोक्नु पर्ने बताएका छन् । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्देशमै श्रम, सिप र उद्यम गर्ने आँट नहुदा र सरकारले त्यो खालका कार्यक्रमहरु ल्याउन नसक्दा पनि बैदेशिक रोजगारीमा नागरिकहरु जाने गरेको उल्लेख गर्नुभयो । गरिवी, देखासिखी, स्वदेशमा श्रम सम्मानको कमी, बेरोजगार, असफलता जस्ता कारकहरुले मानिसहरु बिदेश जाने गरेको देखिएको बताउनुभयो । त्यसलाई रोक्न सरकारले स्वरोजगारका कार्यक्रम अन्तरगत वित्तिय साक्षरता, स्वदेशकै श्रम गर्ने बाताबरण बनाउने तर्फ कार्यक्रमहरु ल्याउन आबस्यक रहेको उल्लेख गर्नुभयो ।

बैदेशिक रोजगार सुरक्षित नभएको तर पनि नागरिकहरु जोखिम मोलेर किन गैरहेका छन् भन्ने बिषयमा सरकारले नागरिकहरुलाई बुझाउन नसक्नु र नागरिकहरुको बुझाईमा पनि कमि हुनु उहाँको भनाई छ । कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले बैदेशिक रोजगारलाई सुरक्षित बनाउन नागरिक सचेतना बढाउन आबस्यक रहेको औल्याएका छन् ।

Facebook Comments