• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीद्वारा १० ओटा ट्र्याक्टर नियन्त्रण




देउखुरी, २६ चैत । सशस्त्र प्रहरी बल, नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा गएराती १० ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। लमही नगरपालिका वडा न. ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा राति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्र्याक्टरहरु पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल न. ४१ रिजर्भ गण हे.क्वा. अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डि. सी.को नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका वडा न. ७ बनगाईबाट ६ ओटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका ७ हस्नापुरबाट ४ ओटा ट्र्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएका ट्र्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

Facebook Comments