• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नारायणपुर संयुक्त क्लवको अध्यक्षमा पुनः आचार्य चयन




घोराही, २६ चैत्र/घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको नारायणपुर संयुक्त क्लवको अध्यक्षमा पुनः मोहनराज आचार्य चयन हुनुभएको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारण सभा एव पहिलो अधिबेशनबाट आचार्य दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । क्लवको उपाध्यक्षमा रमा दाहाल, सचिबमा अनिल बस्नेत, कोषाध्यक्षमा सुन्दर बस्नेत, सह सचिबमा शरद बुढाथोकी रहनुभएको छ ।

 

सदस्यहरुमा बमबहादुर डाँगी, कुलराज खनाल, पदम भुसाल, जीवन नेपाली, हरी केसी र विकास बुढाथोकी रहनुभएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रको बिकासका लागि नगरले बर्षेनी लगानी गर्दै आएको बताउनुभयो । व्यक्ति र समाजलाई स्वस्थ राख्नका लागि खेलकुद क्षेत्रको भूमिका अहम हुने उहाँको भनाई छ । व्यक्ति स्वस्थ हुनका लागि खेल क्षेत्रको आबस्यकता पर्ने र व्यक्ति स्वस्थ भए मात्रै समाजको पनि सहि ढंगले विकास हुने बताउनुभयो । नारायणपुर क्षेत्रको विकासका लागि पनि नगरको आर्थिक सहयोगबाट बनेको कवर्डहललाई भरपूर उपयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डे, पतन्जली योग समितिका दानबहादुर बुढाथोकी, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, नारायणपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष कुलप्रसाद रजौरे श्रवनले पनि नगरले नारायणपुर क्षेत्रमा खेलकुदमा गरेको लगानीको प्रशंसा गर्नुभएको थियो ।

खेलकुद र योगा नै व्यक्ति तथा समाजको स्वस्थताको आधार भएको बताउनुभयो । कार्यक्रममा सचिब अनिल बस्नेत र कोषाध्यक्ष सुन्दर बस्नेतले प्रस्तुत गर्नुभएको बार्षिक कार्य र आयव्ययको प्रतिबेदन पेश गर्नुभएको थियो । उक्त प्रतिबेदनलाई साधारणसभाले पास समेत गरेको छ । स्थानीय सरकार घोराही उपमहानगरपालिकाले नारायणपुर क्षेत्रको विकासमा सवा करोड रुपैयाँको लागतमा कवर्ड हल निर्माण गरेको छ । सिद्धरत्न नाथ माविले जग्गा उपलब्ध गराएपछि नगर र खेलाडीहरुको आर्थिक जोहोबाट कवर्डहल बनेको हो ।

Facebook Comments