काठमाडौं । सहिद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन हुनुभएको छ ।
प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन हुनुभएको छ । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।
प्रतिष्ठानमाताहत देशका विभिन्न स्थानमा सहिदस्मृति आवासीय विद्यालयहरु सञ्चालन हुँदै आएका छन् । साधारणसभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिंदै विद्यालयहरुलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
साधारणसभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
