• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नागरिकलाई जनसेवामा समर्पित गराउने कार्यमा स्काउटको महत्त्वपूर्ण भूमिका : अध्यक्ष विष्ट




तुल बहादुर कवँर मगर
भालुबाङ / राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यक्तित्व विकाससँगै नागरिकहरुलाई जनसेवामा समर्पित गराउने कार्यमा स्काउटको महत्त्वपूर्ण भूमिका हुने बताउनु भएको छ।राप्ती गाउँपालिकाकाे सहयोग तथा स्थानीय स्काउट कार्यलय राप्ती गाउँपालिकाकाे आयोजनामा सामुदायिक विद्यालयका आधारभूत र माध्यमिक विद्यालयका शिक्षकहरूका लागि शनिबारदेखि शुरु भएको एक हप्ते बि.टि.सी. आधारभूत स्काउट( प्रशिक्षक प्रशिक्षण) तालिम उद्घाटन कार्यक्रममा बाेल्दै साे कुरा बताउनु भएको हाे।

त्यस्तै समाजमा स्वयमसेवा गर्नेहरू घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयम्‌सेवी बनाउन विशेष भूमिका खेल्नु पर्नेमा कुरामा अध्यक्ष विष्टलेकाे जाेड रहेको थियो ।

स्काउटले नागरिकहरुलाई अनुशासित ,आत्मनिर्भर र समाज सेवाको भाव अभिवृद्धि गर्ने भएकाले यसकाे आवश्यकता र महत्व बढ्दै गएको पनि उहाँले बताउनुभयो।

तालिम वडा नं.२ स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालटियामा चैत ३० गते सम्म सञ्चालन हुने शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएकाे छ।

आधारभूत र माध्यमिक तहका बीस जना शिक्षकहरुकाे सहभागिता रहेको तालिमको प्रशिक्षकमा नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षक अचियुत प्रसाद पराजुली,नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रदेश सदस्य रविन वली,तारा पुरी,पुकार ढकाल र अङ्कित आचार्य रहनु भएको छ।

Facebook Comments