• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङले जन आन्दोलन दिवस मनायो




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले ऎतिहासिक जन आन्दोलन दिवस मनाएको छ । पार्टीले शुक्रबार घोराहीमा एक एक कार्यक्रम गरी उक्त दिवस मनाएको हो ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठनका अध्यक्ष नेपालको दलाल संसदीय व्यवस्था असफल भएको भन्दै त्यो व्यवस्था परिवर्तन गर्न एक पटक अन्तिम संघर्ष गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले ऎतिहासिक जन आन्दोलन दिवसको अवसरमा शुक्रबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता पाटनले शासकहरुको दमन र अत्याचारका विरुद्ध नेपाली जनताले विभिन्न समयमा जनसंघर्ष/ जन आन्दोलनले केही परिवर्तन भएको आभास भएपनि यो दलाल राज्यसत्ता रहेदासम्म आम जनताले आफ्नो अधिकार नपाउने र यो व्यवस्थामा जो कोही राम्रो पात्र गएपनि उस्तै हुने उद्घोष गर्दै घरको जग बिलियो भएन भने जति सजावट गरेपनि दीर्घकालीन नहुँने भन्दै यो राज्यसत्ता फेर्नुपर्ने बताए । यो राज्यसत्ताकै कारणले अहिले देशमा देखिएको आर्थिक मन्दी, मिटरब्याजी लगायको समस्या रहेको र नेपालमा संसदीय व्यवस्था पूर्ण रुपमा असफल सिद्ध भएको हुँदा यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र जनताको व्यवस्था ल्याउनुपर्ने उनले भनाइ थियो ।

नेता पाटनले आफ्नो पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने र त्यसका लागि आम जनताले पार्टीलाई सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका कार्यालय सचिव महान सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पूर्वी दाङ सेक्रेटरी जनक सी, पार्टीका नेताकार्यकर्ता लगायतको उपस्थिति सहभागी रहेको थियो । कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल पूर्वी दाङका संयोजक पदम सीले गरेका थिए ।

 

 

Facebook Comments