घोराही, २४ चैत । दाङ देउखुरी होटेल व्यवसायी समितिले प्रकाशन गरेको २०८० को भित्रेपात्रोको विमोचन गरिएको छ । शुक्रबार नयाँ बर्ष २०८० सालको शुभकामना आदप्रदान कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको विमोचन समेत गरिएको हो ।
प्रमुख अतिथि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी एवं अन्य अतिथीहरुले लगायतले भित्रेपात्रोको विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले निजी क्षेत्र समस्यामा परेको बताए । पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण सम्पूर्ण व्यवसायीहरु मारमा परेको उनले बताए । यो अवस्थाको अन्त्य गर्न जरुरी छ त्यस्का लागि नेपाल सरकारले राम्रो निति, कार्यक्रम लिएर व्यवसायीमा देखिएका समस्याको समधा गर्ने छ भने हामी विश्वस्त छौं र स्थानिय सरकारका बाट हुने कामहरु स्थानिय सरकार बाट गर्न सकिने जतिपनि निति, नियम र कार्यक्रम, योजनाका कामहरु हामी अवश्य पनि हामि संग भएको श्रोत साधानलाई प्ररिचालन गर्ने समेत जानकारी दिन चाहान्छु ।
समितिका अध्यक्ष दिपेन्द्र पुनले व्यवसायीहरुले आफनो व्यवसाय मर्यादित बनाउनु पर्ने बताए । व्यवसायीहरु व्यवसायीक अन्य विषयमा भन्दा पनि मुदामा ध्यान दिएर अगाडि वढन उनले आग्रह गर्दै भित्तेपात्रोले तिथि मिति र्हेने मात्र नभएर पयर्टनमा टेवा पुर्याउदै होटेल व्यवसायीको व्यापार बढ्ने समेत बताए ।
कार्यक्रममा वोल्ने बक्ताहरु व्यवसायीमा देखिएका समस्याको हल गर्न सम्पूर्ण व्यवसायीकहरु एक्ताका साथ अगाडि वढनु पर्ने बताएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष हेमराज पाण्डे, सल्लाहकार वालाराम जोशी, गढवा होटेल व्यवसायी समिती अध्यक्ष दयाराम थापा, तुलसीपुर होटेल व्यवसायी समिती अध्यक्ष इन्द्र बहादुर थापा लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रम समितीका अध्यक्ष विनोदप्रसाद दिपेन्द्र पुनको अध्यक्षतामा भएको थियो । समितीका सचिव श्याम कुमार विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितीका महासचिव टीकाराम भुषालले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
