• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्यूठान दुर्घटना : एसईई दिने एक परीक्षार्थीको मृत्यु




प्यूठान, २४ चैत । स्वर्गद्वारी नगरपालिका वडा नम्बर- ४ गोठिबाङ प्यूठानमा स्कूल बसमा ठोक्किएर एसईई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।

विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा मोटरसाइकलले ओभरटेक गर्न खोजेको थियो ।

ओभरटेक गर्दै गर्दा लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा पछाडिबाट ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एस ई ई परीक्षा दिदै थिए । बिस्तृत जानकारी आउन भने बाँकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ । बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

Facebook Comments