• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कर्मचारीहरु जनमैत्री,जवाफदेही बन्नुपर्छ: उपाध्यक्ष जिसि




बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले कर्मचारीहरु जनमैत्री,जवाफदेहि बन्नु पर्ने बताउनुभयो ।

उहाँले जनप्रतिनिधीले निति निर्माण गर्ने योजना बताउने काम गरेपनी त्यसको पूर्ण कार्यान्वयन गर्ने अधिकार कर्मचारीहरुको हातमा रहेको बताउँदै जिम्मेवारी संगै जवाफदेहि पनि कर्मचारी हुनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष जिसीले कर्मचारीले जनप्रतिनिधिलाई जनप्रतिनिधिले कर्मचारीलाई सहयोग गरेमा हरेकक्षेत्रमा कामकाजले गतिलिने समेत बताउनुभयो ।

बंगलालचुली गाउँपालिकाले पालिकाको विभिन्न शाखामा कार्यरत आज अधिकृतस्तरका कर्मचारीहरुका लागि आयोजना गरेको कार्यालय व्यवस्थापन तथा सकारात्मक सोचको विकास सम्बन्धी तालिममा बोल्दै उपाध्यक्ष जिसिले यस्तो बताउनुभएको हो ।

गाउँपालिकाले कर्मचारीहरुलाई प्रशिक्षत गरेर गुणस्तरिय तथा जनमैत्री सेवा प्रभाह गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो भने मुख्य प्रशिक्षकमा शुन्दर गौतम रहनुभएको थियो ।

Facebook Comments