• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुम पूर्वमा सिस्नो टिप्न गएका दिदीबहिनी मृत फेला




रुकुम पूर्वमा सिस्नो टिप्न घरबाट निकेका दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

तारामान बुढाका दुई छोरीहरु बुधबार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । दुवै जना मृत अवस्थामा फेला परेको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले लगाएका गरगहनाहरु लुटपाट पश्चात हत्या गरिएको अनुमान गरिएको छ ।

हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका हुन् । सूचना पश्चात घटना स्थलतर्फ प्रहरी जाँदै गरेको बताईएको छ ।

 

Facebook Comments