• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वडा तहमा कानुनी साक्षरता कक्षा सञ्चालन




घोराही उपमहानगरपालिकाले वडा तहका जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुलाई कानुनी साक्षरता कक्षा सञ्चालन गरेको छ ।

उपमहानगरपालिकाको कानुनी मामिला शाखाको आयोजनामा जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुलाई कानुनी साक्षरता कक्षा सञ्चालन गरेको हो । स्थानीय सरकारले बनाउन सक्ने कानुन, कार्य सम्पादनको कार्य क्षेत्र, वडा तहबाट हुने काम, टोल विकास संस्थाको भूमिका लगाएतका बिषयमा अभिमुखिकरण गरिएको छ ।

नगर उपप्रमुख एवं न्यायीक समितिका संयोजक हुमाकुमारी डिसीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, कानुनी सल्लाहकार भुपबहादुर केसी, सञ्चार संयोजक निमुसंगम घर्ती, कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाको उपस्थितीमा आज वडा नम्बर ३ को झिङनीमा कानुनी साक्षरता कक्षा उद्घाटन गरिएको छ । वडाको भूगोल र टोल विकास संस्थाहरु धेरै भएका वडामा दुई वटा कक्षा सञ्चालन गरिएको छ । पहिलो चरणमा ६ वटा वडामा ८ वटा कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

वडा नम्बर १, २, ३ मा दुई वटा, ४ मा दुई वटा, ५ र ६ मा कानुनी साक्षरता कक्षा सञ्चालनको कार्यक्रम रहेको शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख चौधरीले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले नागरिकहरुको गुनासो, सुझाबलाई मनन गरेर बिकासमा लागेको बताउनुभयो ।

विकास निर्माण र रुपान्तरणमा टोल विकास संस्थाको भूमिका अहम रहेको चर्चा गर्दै टोल विकास संस्थाका पदाधिकारीहरुले कानुन बुझ्नै पर्नेमा जोड दिनुभयो । साक्षरता कक्षाको प्रशिक्षकहरुमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, कानुनी सल्लाहकार भुपबहादुर केसी रहनुभएको छ ।

Facebook Comments