• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पार्टीका सल्लाहकार गौतमको स्मृतिमा श्रद्धाञ्जली सभा




घोराही, २२ चैत । नेपाल कम्युनिस्ट पार्टी दाङले दिवंगत भएका पार्टीका सल्लाहकार मोतीराम गौतमको स्मृतिमा श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका अभिभावक तथा सल्लाहकारको दिवंगत भएको सातौं दिन पार्टी पूर्वी दाङको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भेषराज सीले जन्म र मृत्यु भौतिक नियम भएको र यसलाई कसैले टार्न नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले बुधबार पार्टीका सल्लाहकार मोतीराम गौतमको स्मृतिमा आयोजित श्रद्धाञ्जली  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भेषराज सीले दिबंगत गौतमले राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिका लागि आजाव उठाउँदै आएको र आफू मर्ने बेलासमेत पार्टीको उद्देश्यको बारेमा सन्देश दिएको भन्दै उनको अधुरा कार्यभारलाई आत्मसात गर्न सकेमात्र उच्च श्रद्धाञ्जली हुने बताए । दिवंगत गौतमको पार्टीमा महत्त्वपूर्ण योगदान रहेको र त्यो योगदानलाई रक्षा गर्नका लागि घरपरिवार आत्मसात गर्न जरुरी रहेकोे भन्दै पार्टीले त्यो योगदानलाई उच्च मूल्यांकन र सम्मान गर्दै उनका विचारलाई पूर्णता दिने नेता भेषराजको भनाइ छ ।

अब रुढीबादी संस्कारलाई तोड्दै हरेक मान्छेले आफ्ना पुर्खालाई सहज ढंगले थोरै खर्चमा आदर र सम्मान गर्ने भन्दै उनले आफ्नो पार्टीपंक्तिमा मृत्यु संस्कारलाई ५ दिन मनाउने निर्णय भएको बताए । त्यो मृत्यु संस्कारमा पहिलो दिन जमघट हुने दोस्रो दिन वृक्षरोपण गर्ने, तेस्रो दिन अक्षयकोष निर्माण गर्ने, चौथो दिन गरिब तथा असहायलाई खाद्यान्न लगायत सामग्री वितरण र पाँचौं दिन श्रद्धाञ्जली सभा गर्ने उनको जानकारी दिए ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले श्रद्धाञ्जली कार्यक्रममा  मन्तव्य राख्दै यो धर्तीमा कुनैपनि जीव उत्पत्ति भएपछि त्यसको मृत्यु अनिवार्य भएको भन्दै मान्छेकोपनि जन्मपछि मृत्यु अनिवार्य भएको बताए । उनले दाङ पार्टीका सल्लाहकार तथा क्रान्तिकारी यौद्दा मोतीराम गौतमलाई गुमाउदा सिंगो पार्टीलाई स्तब्ध बनाउनुकासाथै अतुलनीय क्षति पुगेको उद्घोष गरे । दिवंगत गौतमको नेपालका युवालाई विदेश पलायनबाट रोक्ने एउटा महान सपना भएको र त्यो सपना पूरागर्न हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको प्रक्रियामा अगाडि बढिरहेको भन्दै नेता सविनले बुवा गौतमको युवालाई विदेश पलायनबाट मुक्त गर्ने र दलाल पुँजीवादी अधिकनायत्वबाट नेपाललाई मुक्त गर्ने सपनाप्रति पार्टी प्रतिवद्द भएको र क्रान्तिद्वारा ती सपना पूरा गर्ने प्रतिवद्दता जनाए ।

त्यसै श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले दिवंगत मोतीराम गौतमको समाज रुपान्तरणका लागि अहम भूमिका रहेको भन्दै उनले गरेका कामका उच्च मूल्यांकन हुनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, कांग्रेसका प्रतिनिधि प्रकाश, राष्ट्रिय जनमोर्चाका घोराही नगर सचिब मणिराम खनाल, नेकपा एमाले दाङ जिल्ला सदस्य शम्भु भुषालले श्रद्धाञ्जली सभामा मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्लाका सेक्रेटरी जनक सीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना, पार्टीका देउखुरी इन्चार्ज बिक्रम सी, पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदीप सी, पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी, पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सी लगायत पार्टीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङक अध्यक्ष खुमन सीले गरेका थिए ।

 

Facebook Comments