• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते




चेतन वली

सल्यान, २२ चैत । सल्यानमा भरुवा बन्दुकको छर्राले एक बालिकाको मृत्यु भएको छ भने अन्य तिन बालबालिका घाइते भएका छन्। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ७ निवासी ९ वर्षीया पूजा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्टले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार वन्दुकको छर्रा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै अर्की ५ बर्षीया बालिका यमुना आले, ८ वर्षीय तेजेन्द्र आले र ३ वर्षीय देवी घर्ति घाइते भएका छन्। घाइते मध्य यमुनाको अवस्था गम्भिर रहेकाले बाकेमा सामान्य उपचार पछी थप उपचारका लागी काठमाडौ रिफर गरीएको छ ।

अन्य दुईजना भने उपचार पछी घर फर्किएको प्रहरीले बताएको छ । सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका बालबालिकालाई भरुवा बन्दुकको छर्राले लागेको प्रहरी निरीक्षक श्रेष्टले जानकारी दिनुभएको छ । घटना कसरी भएको भन्ने नखुलेको र बेलबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उहाँको भनाई रहेको छ ।

Facebook Comments