सिस्ने मिडिया एन्ड टेक्नोलोजी प्रालिद्वारा सन्चालित सिस्ने अनलाइनको सम्पादकमा दामोदर भण्डारी नियुक्त हुनुभएको छ ।
सम्पादक नरेन्द्र केसी सन्चार तथा सूचना प्रविधि मन्त्रीका सन्चार बिज्ञमा नियुक्त भएपछि अनलाइनको सम्पादकमा भण्डारीलाई नियुक्ति गरिएको प्रालिका अध्यक्ष शिवप्रसाद ओलीले जानकारी दिनुभएको छ ।
दाङको बङ्गलाचुली गाउँपालिका ४ घर भएका भण्डारी बिज्ञानसित समबन्धित अध्ययन र लेखनमा सक्रिय हुनुहुन्छ । अनलाइनको स्थापना दिवसको अवसरमा भण्डारीलाई सम्पादकको जिम्मेवारी दिइएको व्यवस्थापनले जनाएको छ । सिस्ने अनलाइन सूचना विभागमा २०७४ चैत २० गते दर्ता भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
