• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ट्रेड युनियन महासंघ बनगाडको प्रथम नगर भेला, अध्यक्षमा गणेश  




नबिन पिएम
सल्यान, २० चैत । अखिल नेपाल ट्रेड युनियन महासंघ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको प्रथम नगर भेला हिजो आइतबार सल्लीबजार देवस्थलमा सम्पन्न भएको छ । उक्त संघका दिर्ग रावतको अध्यक्षतामा भएको भेलामा मजदुरहरुले आफ्ना समस्या र गुनासा सुनाउँदै उनीहरुले राज्यले तयगरेका विभिन्न खाले सेवा सुबिधाहरु मजदुरहरुले सहि उपभोग गर्न नपाएको बताएका थिए । मजदुरको समस्यामा स्थानीय सरकारले पनि महत्त्वपूर्ण सहयोगी भुमिका खेल्नु पर्ने माग राखेका थिए ।

कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सरकारले काम गर्ने मजदुर र किसानको समस्यामा ध्यान दिन जरुरी रहेको बताउनु भयो र यसमा स्थानीय सरकारले पनि सकेसम्मको सहयोग गर्ने बताउनु भयो उहाले भन्नुभयो स्थानीय आइआर्जन बढाउन नगरपालिकामा विभिन्न सिपमुलक कार्यक्रम पनि गरिएको , स्वास्थमा पनि महत्त्वपुर्न भुमिका खेलीरहेको र शिक्षा क्षेत्रमा पनि धमा-धम भौतिक संरचना नगर भित्रका बिधालयहरुमा भैरहेको र शिक्षा क्षेत्रलाई गुणस्तर गराउन लागि पर्ने बताउनु भयो । कृषिमा आत्मा निर्भर गराउन नगर भित्रका विभिन्न ठाउँलाइ पकेट क्षेत्र बनाएर अगाडि बढ्ने पनि बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, नेकपा माओवाद केन्द्र बनगाड कुपिण्डे नगर अध्यक्ष दुर्गा बहादुर बुढाथोकी सचिन जीवन सिंह ठकुरि ,अखिल नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेशका संयोजक दिपक चदारा,सचीव बिष्णु कार्किको पनि उपस्थिती रहेको थियो ।

यस्तै  भेलाले गणेश बिस्टको अध्यक्षतामा ७ जनाको अन्य सदस्यपछि बिस्तार गर्ने गरि नगर कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा लाल बहादुर सिंह सचीव ज्योती नेपाली कोषाध्यक्ष सीता जि सि सदस्यहरु ज्ञान बहादुर शाही, कमल परियार ,डिल्ली सिंह लगायत चयन भएका छ्न् ।

 

संघका सल्यान जिल्ला अध्यक्ष हरिलाल डिसिको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको संचालन नबिन पिएमले गर्नुभएको थियो ।

Facebook Comments